काठमाडौं । ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखानामा आजदेखि पूर्णरूपमा कालो रङ्ग भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।
पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
इलामबाट उद्धार गरी गएकाे भदौ १७ गते चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको कालो चितुवा अहिले सामान्य अवस्थामा आएपछि अवलोकन गर्न सक्ने गरी राखिएको हो ।
यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्णरूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू बिरलै मात्रामा भेटिने गर्छन् ।


प्रतिक्रिया