पाेखरा । कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसलमा आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बुधबार थप दुईजनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा मानिसलाई माइकिङ गर्दै उक्साहट गर्ने र विभिन्न व्यक्तिहरूको घर तोडफोड गर्न आग्रह गर्दै हिँड्ने कार्यमा संलग्न दुुईजनालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार, पक्राउपर्नेमा कास्कीको मादी गाउँपालिका–५, भैँसे बस्ने २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलो बस्ने ३८ वर्षीय विमला सापकोटा रहेका छन् ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा चार दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया