भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौंमा बिक्री, २ भारतीयसहित ४ जना पक्राउ

भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौंमा बिक्री, २ भारतीयसहित ४ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।

भारतबाट खैरो हिरोइन ल्याएर काठमाडौंलाई केन्द्र बनाई बिक्री गर्ने दुई भारतीय नागरिकसहित चार जनालाई लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सप्तरीकाे राजविराजका रविआनन्द देव, माेरङका पुष्प मगर तथा भारतीय नागरिकहरू राजा कुमार र देवेन्द्रकुमार शाह पक्राउ परेका ब्युरोका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट ९ सय ५७ ग्राम खैरो हिरोइन बरामद भएको छ ।