काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना छ । कोसी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।


प्रतिक्रिया