सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनका फुपू गीता खत्रीले गरिन् ।


प्रतिक्रिया