मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने



काठमाडौं । देशका केही स्थानमा आज मौसम बदली रहे पनि अधिकांश भूभागमा सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।