आचारसंहिता सम्बन्धी उजुरीमा २१ मध्ये १२ ले मात्रै दिए जवाफ

आचारसंहिता सम्बन्धी उजुरीमा २१ मध्ये १२ ले मात्रै दिए जवाफ



काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका विषयमा मागिएको स्पष्टीकरणमा केही राजनीतिक दल तथा उम्मेदवारबाट जवाफ प्राप्त भएको जनाएको छ । हालसम्म माग गरिएका प्रतिउत्तरमध्ये १२ वटा जवाफ आयोगमा दर्ता भएका छन् ।

आयोगका अनुसार, केन्द्रीय तहको आचारसंहिता अनुगमन संयन्त्रमा दर्ता भएका उजुरीका आधारमा २१ राजनीतिक दल तथा उम्मेदवारलाई लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको थियो । तीमध्ये सीमित संख्याबाट मात्र जवाफ प्राप्त भएको हो ।

साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्दै आयोगले बाँकी उजुरीहरू प्रारम्भिक परीक्षण तथा अध्ययनकै चरणमा रहेको स्पष्ट पारेको छ । आवश्यक प्रक्रिया पूरा भएपछि ती विषयमा थप निर्णय लिइने जनाइएको छ ।