जेन–जी आन्दोलनपछि पहिलोपटक पुर्खौली घर पुगे लेखक

जेन–जी आन्दोलनपछि पहिलोपटक पुर्खौली घर पुगे लेखक



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलनको ५ महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका– ८ मा रहेको पुर्खौली घर पुगेका छन् ।

गत २४ भदौमा कांग्रेस नेता लेखकको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।

लेखकको पुर्खाैली तथा काठमाडौंको नैकापमा रहेकाे घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । यसैगरी उनको परिवार महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरी बसिरहेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । पार्टीले यहाँ पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।