सरकार निर्वाचन सार्ने बहाना गर्दै छ : बादल

सरकार निर्वाचन सार्ने बहाना गर्दै छ : बादल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सरकारले चुनाव सार्न खोजेको बताएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला अभिव्यक्ति निर्वाचन सार्ने बहानाबाट प्रेरित भएको धारणा राखेका हुन् ।

एमालेले यसअघि नै यो सरकारले समयमा निर्वाचन गराउँदैन भन्दै आएको कुरा अहिले पुष्टि हुनेतर्फ केन्द्रित भएको तर्क उनले गरे । ‘निर्वाचन गराउनै पर्छ,’ उनले भने, ‘अहिलेको सरकार निर्वाचन नगर्ने र सार्ने बहाना खोजिरहेको छ । तर प्रतिगमनलाई सच्याउन चुनाव हुनैपर्ने छ ।’

उनले मौसम र हिमपातको कारण देखाउँदै प्रधानमन्त्री पन्छिने र देश जलाउने पक्षलाई स्थापित गराउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

‘यो अवैध सरकार हो । यसका दुईओटा मिसन छन्,’ थापाले भने, ‘यहाँका मेजर पार्टीलाई सखाप पार्ने र देश जलाउनेहरूलाइ स्थापित गर्ने । तथाकथित नयाँ भनेका वैकल्पिकलाई स्थापित गर्ने ध्येय यो सरकारको देखिन्छ ।’

उनले दलहरू मध्ये एमालेको शक्तिलाई र अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने खेल भएको बताए । ‘हत्या अभियोगमा ओलीलाई आजिवन जेल हाल्ने मिसन छ । तर त्यो मिसन पूरा नहुने देखिएको छ । अब सबै कुरा जनताले बुझ्दै छ्न्’, उनले भने ।