एमालेविरुद्ध कलाकारहरूले भ्रम फैलाएको भन्दै कारबाहीको चेतावनी

एमालेविरुद्ध कलाकारहरूले भ्रम फैलाएको भन्दै कारबाहीको चेतावनी



काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै आपत्ति जनाएको छ । दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने चेतावनी एमालेको छ ।

प्रचार विभाग प्रमुख एवं आम चुनावका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर-जिम्मेवार र गैर-राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।