कांग्रेस कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

कांग्रेस कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए ।

सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् ।

उनलाई विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको हाे ।