काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका सन्दर्भमा पार्टीले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको बताएको छ ।
पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्तिमार्फत कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन नसकेको बताएका छन् ।
यद्यपि निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग संवाद र सहमति भइरहेको एमालेले बताएका छन् ।


प्रतिक्रिया