अंग्रेजीमा इम्बोड नम्बर प्लेट अनिवार्य गर्ने सूचनामाथि सर्वोच्चको रोक

अंग्रेजीमा इम्बोड नम्बर प्लेट अनिवार्य गर्ने सूचनामाथि सर्वोच्चको रोक



काठमाडौं । सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य गर्न यातायात व्यवस्था विभागले जारी गरेको सूचनामाथि रोक लगाएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले विभागको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

०८२ साल भदौ ३ गते विभागले इम्बोड नम्बर प्लेट अनिवार्य गर्न सूचना जारी गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेपछि अधिवक्ता रामबहादुर राउतले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले विभागका नाममा अन्तरिम आदेश जारी भएको जानकारी दिए ।