काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।
आइतबार जंगी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।
फागुन २१ गते तोकिएको निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आगामी चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा काम गर्न पनि उनले निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्य सम्पादन हुनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताइन् ।
उनले सरकारबाट स्वीकृत प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन हुने विश्वास व्यक्त गरिन् ।


प्रतिक्रिया