कांग्रेसका उम्मेदवारलाई जिताउन देउवाको निर्देशन

कांग्रेसका उम्मेदवारलाई जिताउन देउवाको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट्दै देउवाले यस्तो निर्देशन दिएका हुन् ।

बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेताकार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

प्रदेश सरकारकोतर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पनि देउवाले मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए ।

सो अवसरमा कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो ।