रास्वपा उम्मेदवारविरुद्ध सहकारी पीडितले गरे नाराबाजी

रास्वपा उम्मेदवारविरुद्ध सहकारी पीडितले गरे नाराबाजी



बुटवल । रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

मंगलबार दिउँसो बुटवल ११ होराइजन चोकमा खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए ।

पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ’ ?, ‘सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।