काठमाडौं । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिलले संयुक्त विज्ञप्ती जारी गरेर सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गर्ने अधिकार नराख्ने बताएका छन् ।
सम्पादकहरूसँग आज भएको छलफल तथा पत्रकार सम्मेलनमा दुई संयोजकले भनेका छन्, ‘यो सरकार सत्ता अपहरणकारीको हो, यसले चुनाव गराउने अधिकार राख्दैन ।’
पूर्वप्रधानन्यायधिशलाई संविधानले नचिन्ने भन्दै उनले गरेको चुनावको औचित्य नभएको भन्दै भदौ २४ को हत्या हिंसा र आगजनी गर्नेलाई कारबाही नगरी गरिएको चुनावको अर्थ नभएको बताइएको छ ।
विदेशी चलखेल भएको भन्दै उनीहरूले तेस्रो संविधानसभाको चुनावको माग गरेका छन् ।



प्रतिक्रिया