तीन राजनीतिक दलले बुझाए चुनावलक्षित घोषणापत्र

तीन राजनीतिक दलले बुझाए चुनावलक्षित घोषणापत्र



काठमाडौं । निर्वाचन आयोगमा हालसम्म तीन राजनीतिक दलले मात्र आसन्न चुनावलक्षित घोषणापत्र बुझाएका छन् ।

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले तीन दलको घोषणापत्र मात्र आफूहरूले प्राप्त गरेको बताए ।

आयोगमा घोषणापत्र पेस गर्ने दलमा राष्ट्रिय जनमोेर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी रहेको उनले जानकारी दिए ।

यही फागुन ३ गतेभित्र आयोगमा चुनावी घोषणापत्र बुझाउन पार्टीलाई निर्देशन दिइएको छ ।

सोही दिनभित्र हरेक उमेदवारलाई जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउन भनिएको छ ।