प्रभु साह नेतृत्वको आजपाको चुनावी घोषणापत्र सार्वजनिक

प्रभु साह नेतृत्वको आजपाको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकामा पार्टी अध्यक्ष प्रभु साहले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभूत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ ।

यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ ।