नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरिने

नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरिने



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आइतबार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी ठूला भ्रष्टाचारीहरूलाई सजाय हुने कानुनी व्यवस्था गरिने प्रतिबद्धता छ ।

यसका साथै, सरकारी कर्मचारीहरूलाई तलब खुलाउन र ऋणको साँवा व्याज तिर्न पनि ऋण लिने कार्य देशघाती रहेको बताउँदै सशक्त विरोधमा उत्रने प्रतिबद्धता समेत छ ।

नेमकिपाले जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गरिने प्रतिबद्धता पनि छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेले प्रतिनिधिसभामा जनताको विषयलाई छलफल गर्ने थलो बनाउन पहल गरिने बताए ।