काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ ।
दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो ।
निर्देशनअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि १८ गतेसम्म जुलुस, आमसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन् ।
आयोगले चुनावी प्रचारप्रसारमा हिंसा, धम्की, लोभ लालच र सामाजिक बहिष्कार जस्ता गतिविधिमा कडाइका साथ रोक लगाएको छ ।
त्यस्तै मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।
मतदानको दिन मतदान केन्द्र र वरिपरि हतियार, विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पनि निषेध गरिएको छ ।


प्रतिक्रिया