जसपाका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश

जसपाका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश



बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उमेदवार नेकपा (एमाले) प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका हुन् । उनलाई भैरहवामा पार्टीका तर्फबाट एमाले नेता एवं केन्द्रीय सदस्यलगायतले पार्टी प्रवेश गराएका हुन् ।

श्रीनिवासले आफ्नो उमेदवारी निष्क्रिय पारी एमाले उमेदवार वासुदेव घिमिरेलाई समर्थन गर्ने बताए ।

रुपन्देही–३ का मतादाताको मनोभावना एमालेभन्दा अरू नदेखिएको र राष्ट्रियताका विषयमा एमाले महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गरेको श्रीनिवासले बताए ।