काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको जानकारी रहस्यमय तरिकाले सैन्य परेड खेलाएको भन्दै आपत्ति जनाएको छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी हस्तक्षेप बारे अनेकौँ विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलबाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्त्वको घोर भर्त्सना गर्दछौँ ।’
माओवादीले यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।


प्रतिक्रिया