काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललाई समर्थन गरेका छन् ।
आफूले उठाउँदै आएका एजेन्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार परियारले कांग्रेसका उम्मेदवार ढकाललाई समर्थन गरेका थिए ।
उनले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले नीति बनाउने भन्दै नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।


प्रतिक्रिया