काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावकाे मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित मतदाता शिक्षा एवम् चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय सङ्घ–संस्था एवम् कलाकारहरूसँगको छलफलमा उनले चुनावअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न आग्रह गरेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रविधिको दुरुपयोगले चुनावकाे निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।
उनले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आमसञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरे ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा सबैले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीकाे भनाइ छ ।


प्रतिक्रिया