काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दै छ ।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थित हुन आग्रह गरिएको छ ।


प्रतिक्रिया