कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु

कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु



जनकपुरधाम । नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा भएको हो ।

प्रतिज्ञा सभामा सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेसको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना गरिएको यो सभालाई कांग्रेसले मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने अवसरका रूपमा लिएको छ ।