धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गरेका छन् ।
सो पार्टीले बुधबार धनगढीमा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी भोटभन्दा पनि काम माग्न आएको बताएका हुन् ।
“तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,” शाहले भने, “त्यसैले आज भोट होइन, राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ काम माग्न आएको हो । बरु भोट नदिए हुन्छ तर कामको सूची दिनुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरेर देखाउँछ ।”
उनले आफ्ना पार्टीका उम्मेदवारहरूलाई कामको सूची दिन मतदातालाई आग्रह गरे । आफ्नो पार्टीको एजेन्डा सुदूरपश्चिमलाई ‘सुनजस्तै पश्चिम’ बनाउने रहेको शाहको भनाइ थियो । उनले देश बनेको सपना आफूले देखेको उल्लेख गर्दै रास्वपाले त्यो सपना पूरा गर्ने जिकिर गरे ।


प्रतिक्रिया