काठमाडौं । नेपाली कांग्रेसले केन्द्रमा १६ र प्रदेशमा ६ मन्त्रालय राख्ने प्रतिज्ञा गरेको छ । २१ फागुनका लागि कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा यो विषय उल्लेख छ ।
यसगरी कांग्रेसले राज्यका निकायमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा पनि गरेको छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सवैधानिक निकाय र राज्यका सार्वजनिक सस्थालाई दलीयकरणबाट मुक्त गरिने छ’, कांग्रेसको प्रतिज्ञािपत्रमा उल्लेख छ ।
संवैधानिक आयोगलगायतमा नियुक्तिमा राजनीतिक पार्टीको सदस्यका लागि अनिवार्य दुई वर्ष कुलिङ अफ पिरियड लागू गर्ने घोषणा पनि कांग्रेसले गरेको छ ।


प्रतिक्रिया