एमाले घोषणापत्र : विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ

एमाले घोषणापत्र : विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ



काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ ऋणको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

बिहीबार यहाँ पार्टीको घोषणापत्र जारी गर्दै एमालेले सो प्रतिवद्धता जनाएको हो । प्रतिवद्धतापत्रमा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, १० हजारको डलर कार्ड, रेमिटेन्स पठाउने श्रमिकको खातामा वार्षिक बोनस ५ हजार र सामाजिक सुरक्षा कोषमा जोड्ने जनाएको छ ।

कक्षा १० सम्म विद्यार्थीलाई निःशुल्क दिवाखाजा, किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड, श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार बनाउने प्रतिवद्धता जनाएको छ ।

सोहीअनुसार स्वास्थ्य स्वयम्सेवकलाई वार्षिक २० हजार भत्ता, २० हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, २०८२ भदौसम्म लिएको २५ हजारसम्मको सबै ऋण मिनाहा गर्ने, शिक्षकको मर्यादाक्रम तोक्ने पनि एमालेले प्रतिवद्धता जनाएको छ ।

सबै श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार बनाउने घोषणा

नेकपा एमालेले सबै खाले श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार बनाउने घोषणा गरेको छ ।

नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने पनि एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।