संयुक्त सङ्घर्ष समितिद्वारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

संयुक्त सङ्घर्ष समितिद्वारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा



काठमाडौं । केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरू गर्ने र फागुन १३ देखि १८ गतेकाबिचमा स्थानीय अनुकूलता हेरेर इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गर्ने निर्णय गरिएको छ ।

सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई पक्राउको विरोध गर्दै बैठकले अविलम्ब रिहाइको माग गरेको छ ।