तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।