काठमाडौं । नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएकोमा निन्दा व्यक्त गरेको छ ।
युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताएका छन् ।
रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न युवा संघले अनुरोध गरेको छ ।
यदि बेवास्ता गरे र यस्ता गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।


प्रतिक्रिया