कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने

कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने



काठमाडौं । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौं चुनावी सभा गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए ।

त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए ।