काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको झण्डा जलाउने कार्यकर्ताकलाई कारवाही गर्ने बताएका छन् ।
दाङको घोराहीमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले आफ्ना कार्यकर्ताले झण्डा जलाएको हो भने कारबाही गर्ने बताएका हुन् ।
‘रास्वपाको कसैको झण्डा जलाउने नीति छैन । यदि हाम्रो कार्यकर्ताले जलाएको रहेछ भने कारबाही गर्छौ,’ रविले भने, ‘यदि घुसपैठ गरेर अरुले हामीलाई नै फसाउन खोजेको हो भने त्यस्तो सपना नदेख्नुस् । क्राँक्रा खाएर बियाँ हाम्रो निधारमा टाँस्न खोजेको हो भने आँखा नचम्काए हुन्छ ।’
गएराति दाङमा रास्वपाको चुनावी प्रचारको क्रममा घन्टी बजाउँदै रास्वपाका कार्यकताले एमालेको सूर्य चिह्न अंकित झण्डा जलाएका थिए ।


प्रतिक्रिया