काठमाडौं । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावकाे मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।
निर्वाचन आयाेगले आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा बाँकी रहेका चार वटा प्रदेशमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताए ।
यही फागुन २१ गते हुने चुनावका लागि आयाेगले सबै जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र ढुवानीको कामलाई तीव्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै काम सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावकाे प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरेको छ ।


प्रतिक्रिया