रास्वपा प्यूठानका सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश

रास्वपा प्यूठानका सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश



रुपन्देही । रास्वपाका प्युठानका सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टले प्युठान नगर सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश गरेको जनाएका छन् ।

गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा एमालेका उम्मेदार सूर्य थापाले उनलाई स्वागत गरेका थिए । प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको अर्को दिन उनले रास्वपा परित्याग गरेका हुन् ।

नेपाल र नेपाली आत्मस्वाभिमान आत्मगौरव, भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झँदै उनले भने, ‘यो देश बनाउने पार्टी होइन यो खरानी बनाउने पार्टी हो । भन्दै परित्याग गरेको हो ।’