रास्वपाले घण्टी बजाएर ध्वनी प्रदुषण गरेर आचारसंहिता उल्लंघन गर्याे : राप्रपा

रास्वपाले घण्टी बजाएर ध्वनी प्रदुषण गरेर आचारसंहिता उल्लंघन गर्याे : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी घण्टी बनजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रवक्ता श्रेष्ठले वक्तव्य जारी गर्दै रास्वपाले जताततै घण्टी बजाएर ध्वनी प्रदुषण गराएकोमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । उनले राजा बिरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने काम समेत रास्वपाले गरिरहेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले रास्वपाले गरेका पछिल्ला दुव्र्यवहार, झण्डा जलाउने, शालिकमाथि चढ्नेजस्ता गतिविधिप्रति सार्वजनिकरुपमा माफी माग्नुपर्ने समेत बताएका छन् ।