धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृहले बनायो पाँच सदस्यीय कार्यदल

धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृहले बनायो पाँच सदस्यीय कार्यदल



काठमाडाैं । धादिङमा १९ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको थियो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे ग.२ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बस अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । घटनामा १९ जनाको मृत्यु भएको थियो। १९ जनामध्ये ९ जनाको सनाखत भएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

१० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।