प्रतिज्ञापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गरेरै छाड्छौं : प्रदीप पौडेल

प्रतिज्ञापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गरेरै छाड्छौं : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार प्रदीप पौडेलले प्रतिज्ञापत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

सोमबार चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नेलगायत प्रतिज्ञापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गरेरै छाड्ने बताए ।

अहिले देखिएका राष्ट्रिय समस्याहरूलाई कांग्रेसले स्पष्ट रूपमा उजागर गरेको पौडेलले बताए । त्यसको समाधान पनि कांग्रेसले नै गर्ने उनको भनाइ छ ।

रोजगारी सिर्जना, प्रशासनिक व्यवहारलाई सरलीकृत गर्नेलगायतका विषयमा आवश्यक कानुन निर्माण गर्न प्रभावकारिता बढाउने पौडेलले बताए ।