सर्लाही । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबाट सर्लाही–३ मा उठेका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले अब नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने बताए ।
राष्ट्रिय मुक्ति पार्टी मधेशवादी नेता राजेन्द्र महतोको नेतृत्वमा खुलेको दल हो । यसले जाँतो चुनावचिन्ह लिएर निर्वाचनमा सहभागी भएको छ ।
मंगलबार बागमतीमा आयोजित कार्यक्रममा दाहालले आफू र आफ्नो टिमले अब कांग्रेसलाई सघाउने घोषणा गरे ।
कार्यक्रममा बोल्दै खनालले दाहालको सदासयताका निम्ति आभार प्रकट गरेका थिए ।
सर्लाही–३ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा छ ।


प्रतिक्रिया