नाउपा नेपालबाट कैलाली-५ का उम्मेदवार चौधरी रास्वपामा प्रवेश

नाउपा नेपालबाट कैलाली-५ का उम्मेदवार चौधरी रास्वपामा प्रवेश



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) बाट कैलाली- ५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले पार्टीमा समाहित भएको उनले बताए ।

उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरे।पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले भने, ‘मेरो एजेन्डा सुशासन, समावेशिता, विकास रहेको थियो । जुन रास्वपाका उम्मेदवारको पनि छ । परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ ।´

उक्त कार्यक्रममा चन्दले चौधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए ।