चुनावका लागि चीनले ४० लाख डलर अनुदानमा दिने

चुनावका लागि चीनले ४० लाख डलर अनुदानमा दिने



काठमाडौं । चुनावका लागि चीन सरकारले नेपाललाई ४० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैगरी सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ ।

साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र १ वैशाख, २०८३ देखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ ।