७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र

७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र



काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

काठमाडौं र भक्तपुरमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ ।