दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी

दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी



दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् ।

हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिए । दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ ।

निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको जस्ता घटनामा मौखिक स्पष्टीकरण सोधिएको हो । त्यसैगरी ठूलो आवाजमा गीत बजाएको, अनावश्यक ब्यानर लगाएको विषयमा स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

उनले पहिलो चरणमा मौखिक रूपमा स्पष्टीकरण सोधेकामा अब प्राप्त उजुरीमा भने आयोगले लिखितरूपमै स्पष्टीकरण सोध्ने बताए ।