प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश

प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश



काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए ।

नेकपामा प्रवेशपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले क्षेत्रबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगर लाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।