काठमाडौं । बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार चुनावको घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच झडप भएको हो । सो क्रममा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका प्रहरी निरीक्षक सिंहले बताए ।
दुवै जना घाइते एमाले कार्यकर्ता हुन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर सिंहले बताए । बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन् ।


प्रतिक्रिया