ओली र बालेन दुवै अतिवादी हुन् : गगन थापा

ओली र बालेन दुवै अतिवादी हुन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको उल्लेख गर्दै ओली र बोलनलक्षित जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको बताए ।

उनले यो दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् । यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग कांग्रेस असहमत रहेको स्पष्ट पारे ।

उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यानगुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सभापति थापाले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको बताए ।

संविधानलाई ट्र्याकमा ल्याउनको लागि चुनावको विकल्प नभएको भन्दै सफल बनाउन लागिरहेको बताए ।

उनले भने, ‘चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ, ती संशयलाई चिर्दै समयमै निर्वाचन सम्पन्न गराउनेको लागि सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाएर संविधानलाई ट्र्याकमा ल्याउने प्रतिबद्धताबाट एक इन्चबाट पनि तलमाथि गर्दैनौँ ।’