जाँचबुझ आयोगको प्रतिवेदन सार्दै लानु गलत : प्रचण्ड

जाँचबुझ आयोगको प्रतिवेदन सार्दै लानु गलत : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले आयोगको प्रतिवेदन समयमै आउनुपर्ने बताएका हुन् ।

‘आयोगको प्रतिवेदन समयमै आउनुपर्थ्यो, एक पटक सार्‍यो, दुई पटक पनि सार्‍यो मान्न सकिन्थ्यो । तर अब लास्टमा चुनावपछि भन्ने गलत भएको छ’, प्रचण्डले भने, ‘जो सुकै भए पनि दोषी ठहर गरेर कारबाही अगाडि बढाउनुपर्थ्यो । यो ढिलासुस्ती गर्ने र समय सार्दै चुनावपछि पुर्‍याउने कुरा सही छैन ।’