काठमाडौं । काठमाडौंमा कांग्रेसका उम्मेदवारहरूले एकीकृत प्रतिबद्धता पत्र भिजन-१० सार्वजनिक गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका गरी १५ वटै निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूले बिहीबार उपत्यका विकास प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितीमा तीनवटै जिल्लाका उम्मेदवारहरुको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञा पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रुपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।
उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुर्नसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।



प्रतिक्रिया